ठमेललाई पर्यटकीय हब बनाउन महानगरले छुट्यायो २ करोड ५० लाख रुपैयाँ बजेट « Eglish Khabarhub

ठमेललाई पर्यटकीय हब बनाउन महानगरले छुट्यायो २ करोड ५० लाख रुपैयाँ बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेललाई पर्यटकको हवको रुपमा विसका गर्न गुरुयोजनासहितको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गर्दै ठमेल क्षेत्रलाई पर्यटकको हवको रुपमा विकास गर्दै गुरुयोजना सहितको कार्यक्रम सञ्चालन गर्न तथा महानगपालिका भित्रका बहाबही सहितको पर्यटकीय क्षेत्रहरुको रुट सजेसन सम्बन्धी एप निर्माणसमेतको पर्यटन विकासका लागि २ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिइन् ।

त्यस्तै हिति र पोखरी संरक्षण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न महानगर स्वर्णिम योजनजा अन्तर्गत २ वटा कार्यक्रमको लागि २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Publish on: