![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । निकै उतार चढाबकाबिच यो दिन बजार बढेको छ । बजारसँगै कारोबार रकम पनि बढ्दै गएको छ ।
इन्ट्रा डे कारोबारमा बजार बढेर २१५४.४४ बिन्दुसम्म पुगेको थियो । पछि केही घटेपनि अन्तिम समयमा बजार ११.६९ अंकले बढेर परिसूचक २१२९.४२ बिन्दुमा रोकिएको छ ।
२७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १२३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ वटाको बढेको छ । सोमबार अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । तीन कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टि होटल र हिमालयन डिस्ट्रिलरी रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/image-31-751x768.png)
SHARE YOUR THOUGHTS