अवैध मदिरा खरिद बिक्री नगर्न राजस्व विभागको निर्देशन « Eglish Khabarhub

अवैध मदिरा खरिद बिक्री नगर्न राजस्व विभागको निर्देशन



काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद बिक्री नगर्न निर्देशन दिएको छ ।

हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, ब्याकेट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, खरिद तथा बिक्री गरेको पाइएको भन्दै विभागले त्यसमा गमम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागतले अन्तः शूल्क ऐन २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरित कोही कसैले मदिराको पैठारी, खरिद, विक्री, प्रयोगलगायतको कारोबार नगर्न तथा नगराउन निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा कोही कसैले कानुनी व्यवस्थाविपरित गरेको पाइएमा कारबाही हुने समेत विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्तः शुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशूल्क टिकट लगाइएका मदिराहरुको मात्र खरिद तथा विक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोके बमोजिमको स्थानमा अन्तः शूल्क टिकट टाँस गरेर मात्र विक्री वितरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

Publish on: