हकप्रद सेयर माग गर्नेलाई गभर्नरको जवाफः अहिले कर्जा विस्तारमा आक्रामक हुने बेला छैन, असूलीमा केन्द्रित हुनुस् « Eglish Khabarhub

हकप्रद सेयर माग गर्नेलाई गभर्नरको जवाफः अहिले कर्जा विस्तारमा आक्रामक हुने बेला छैन, असूलीमा केन्द्रित हुनुस्


१५ असार २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लगानी योग्य पुँजी (तरलता) केही सहज भएपनि पुँजीकोष (क्यापिटल एड्युकेसी) टाइट भएका कारण बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । बैंकले कर्जा विस्तार गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको भन्दै बैंकहरुले हकप्रद सेयर निष्काशन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

कर्जा विस्तार गर्न नसक्दा अर्थतन्त्र नै थप अफ्ठ्यारोमा पर्ने भन्दै बैंकका सीइओ र अध्यक्षहरु दुबैको संगठनले हकप्रद सेयरको माग जोडतोडले उठाउँदै आएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकले राजधानीको एक पाँचतारे होटेलमा आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सुझाव संकलन गर्न राष्ट्र बैंकले आयोजना गरेको छलफल कार्यक्रममा पनि हकप्रद सेयर निष्काशन गर्न दिनुपर्ने माग उठ्यो । बैंकका सञ्चालक एवं सीइओहरुले पुँजीकोष टाइट भएका र मर्जरमा नगएका बैंकलाई हकप्रद सेयर निष्काशन गर्न दिनुपर्ने माग गरे । चैत मसान्तको वित्तीय प्रतिवेदन अनुसार आधा दर्जन बढी बैंकको पुँजीकोष अनुपात टाइट अर्थात् न्यूनतम् सीमा नजिक छ । जसकारण ती बैंकहरुले सीडी रेसियो सहज हुँदा पनि थप कर्जा विस्तार गर्न सकिरहेका छैनन् ।

‘केही बैंक अप्ठयारोमा परेकाले उनीहरूलाई सहज गराउन केन्द्रीय बैंकले केही न केही बाटो खोलिदिनुपर्छ,’ छलफलमा सहभागी बैंक बैंकरले भने, ‘हामीले पहिलो औजारका रूपमा हकप्रदलाई प्राथमिकता दिएका हौं। बैंकका लगानीकर्ताहरु हकप्रद सेयर हाल्न आतुर छन्।अन्य उपाय पनि छलफल गर्न सकिन्छ।’

अन्य विकल्पमा विभिन्न प्रकृतिमा ऋणपत्र जारी गर्न दिएर पनि पुँजीकोष सहजताको स्थिति ल्याउनुपर्ने मागगरिएको थियो।

तर, राष्ट्र बैंक यस मामलामा सकारात्मक छैन।

बैंकरको मागलाई राष्ट्र बैंकका गभर्नरले रणनीतिकरुपमा तत्काल हकप्रद सेयर निष्काशन गर्न नदिने काउन्टर जवाफ दिएका छन् । उनले अहिले देशको अवस्था कर्जा विस्तारमा आक्रामक बन्ने खालको नभएको भन्दै विगतमा दिएको कर्जा असूलीमा केन्द्रित हुन सुझाए ।

‘हामी कसरी लगानी गर्न नसक्ने अवस्थामा पुग्यौं भनेर समीक्षा गर्नुपर्छ, अहिलेको समय पुँजीको अभाव भयो भनेर विभिन्न माध्यमबाट पुँजी थपेर विगतमा जस्तै आक्रामक बन्नेतर्फ उद्यत हुनुभन्दा पनि विगतमा प्रवाह भएको कर्जाको गुणस्तरमा ध्यान दिने बेला हो ।’

छलफलमा कतिपय व्यवसायीहरुले चालु पुँजी कर्जा सम्बन्धी मागर्दशन खारेज गर्नसमेत माग गरेका थिए । कतिपयले भने संशोधन गरेर लचिलो बनाउन माग गरे । व्यवसायीहरुको यस्तो मागमा पनि गभर्नर अधिकारी कठोर नै देखिए ।

बैंकबाट लिएको ऋण तिर्न फेरि पनि बैंकबाट ऋण लिने विकृति रोक्न चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याइएको दोहोर्याए ।

‘चालु पुँजी कर्जासम्बन्धी मागदर्शन वित्तीय क्षेत्रको सुधारका लागि ल्याइएको हो, यसले लामो समयदेखि हाम्रो वित्तीय प्रणालीमा मौलाइरहेको विकृति हटाउँछ । एकातिर यसले ऋणीहरु थप जोखिममा पर्नबाट जोगाएको छ भने अर्कातिर निक्षेपकर्ताको निक्षेप पनि थप सुरक्षित हुन्छ ।’

राष्ट्र बैंकको मुल उदेश्य निक्षेपकर्ताको निक्षेपको सुरक्षा भएको गभर्नरले बताए । सुधारको काम गर्दा केही पीडा भने अवस्य पनि हुने उनको भनाइ छ ।

‘सुधारमा जाँदा केही सकस त हुन्छ नै । दुखाइ र पीडाको पनि अनुभूति हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘राम्रोका लागि हामी धेरै दुखाइ सहन्छौं । आमाले बच्चा जन्माउँदा धेरै दुख सहन्छिन् र बच्चा जन्मिएपछि ठूलो सेलिब्रेसन हुन्छ । चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन भइसकेपछि हामी पनि ठूलो सेलिब्रेसन गर्छौं ।’

चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाले कुनै व्यवसायीलाई व्यवसाय गर्न नै असहज भएको छ भने त्यस विषयमा छलफल गरेर समस्या हल गर्न राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ । तर, अफ्ठ्यारो भयो भन्ने बहाना बनाएर फेरि पनि विगतमा जस्तै कर्जा दुरुपयोग गर्छु भन्ने कसैले सोचेको भए त्यो असंभव भएको उनको भनाइ छ ।

‘सकारात्मक नियतले आएका मागलाई हामी सकारात्मकरुपमा ग्रहण गर्छौं तर अन्धाधुन्धा स्रोतको उपयोगका नाममा दुरुपयोग गर्न पाउनुपर्छ भन्ने जस्ता माग हामी ग्रहण गर्दैनौं,’ गभर्नरले भने, ‘साथीहरुले यस्ता माग नल्याइदिए नै राम्रो ।’

त्यसैगरी, छलफलमा उपस्थित धेरैले घरजग्गा र सेयर बजारमा केही खुकुलो नीति लिनुपर्ने सुझाब दिएका थिए । जवाफमा गभर्नर अधिकारीले अहिले नै घरजग्गा र सेयर बजारमा लिएको नीति खुकुलो बनाइहाल्ने अवस्था नरहेको बताए ।

छलफलमा धेरै राम्रा र सकारात्मक सुझाबहरु आएको भन्दै संभव भएका सुझाबहरु आगामी मौद्रिक नीतिमा समेट्ने उनको भनाइ थियो ।

‘यहाँ धेरै मागहरु आएका छन्, हामीले यसलाई सकारात्मकरुपमा लिएका छौं । तर, मौद्रिक नीतिका आफ्नै सीमाहरु छन् । उक्त सीमाभित्र रहेर बाञ्छित सुझाबहरु समेट्छौं,’ उनले भने, ‘राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण बाह्य क्षेत्र सकारात्मक देखिए पनि कोरोना महामारीको जस्तो लचिलो मौद्रिक नीति ल्याउने अवस्था छैन ।’

गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि कसिलै हुने प्रष्ट संकेत गरे । तर, खास खास क्षेत्रको पुनरोत्थानका लागि केही प्याकेज ल्याउने संकेत गरे पनि त्यो कस्तो र कुन क्षेत्र हो भन्ने प्रष्टसँग खुलाएनन् ।

छलफलमा उपस्थित बैंकर तथा व्यवसायीहरुले चालु आर्थिक वर्षकोभन्दा केही लचिलो मौद्रिक नीति आउने बुझेको बताए पनि पूरै खुकुलो नआउने विश्लेषण गरे ।

‘आगामी मौद्रिक नीति निश्चय पनि चालु आर्थिक वर्षको भन्दा केही लचिलो हुने संकेत पायौं तर पूरै लचिलो नहुनेमा पनि हामी प्रष्ट भयौं,’ छलफलमा सहभागी एक व्यवसायीले भने, ‘आशा गरौं बजारको अवस्थालाई पनि विश्लेषण गर्दै राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याउनेछ ।’

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ००:००  १२ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping