मल आपूर्तिको समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस्ः विष्णु पौडेल « Eglish Khabarhub

मल आपूर्तिको समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस्ः विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने उनको भनाइ थियो । कृषि उत्पादनमा असर पर्दा समग्र खाद्य चक्रमा नै असर पर्ने भन्दै सरकारले यसबारेमा समयमा नै सोच्न जरुरी रहेको उनले बताए ।

रासायनिक मल सार्वजनिक खरिद वा जिटुजीको प्रक्रिया जुनकुनैबाट गरे पनि खरिदका लागि समयसीमा निर्धारण गर्नुपर्ने उनले बताए ।

Publish on: