प्रिमियम मूल्यमा भगवति हाईड्रोपावरको आईपीओ निष्कासन, ५ हजार कित्तासम्म आवेदन दिन सकिने « Eglish Khabarhub

प्रिमियम मूल्यमा भगवति हाईड्रोपावरको आईपीओ निष्कासन, ५ हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँका दरले ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँको ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ । आईपीओमा कास्की जिल्ला पोखरा महानगरपालिका–१३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका–१३, १४, १८, २२ र लेखनाथ नगरपालिका–२, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन पाउनेछन् ।

रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता सेयर निष्कासन गरिएको छ । आईपीओमा आयोजना प्रभावित र स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन परेको खण्डमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ७ गतेसम्म मात्रै आवेदन दिनु पाउनेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

स्थानीयले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका स्थानीय तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्त ीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Publish on: