![](https://internal.appharu.com/wp-content/uploads/2023/01/rajendra-lingden-768x479.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकता भए प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति गम्भीर भएकाले राजीनामा दिनु पर्ने बताए।
‘प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ । दबाबले दिने होइन’ उनले भने ।
उनले प्रतिनिधि सभाका पूर्व सांसद तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ‘बोली चिप्लिँदा’ राजीनामा दिएको उनले स्मरणसमेत गराए । प्रधानमन्त्री दाहालले असार १८ गते एउटा पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन एक भारतीय व्यवसायी दिल्ली गएको बताएका थिए ।
लिङ्देनले संसदमा ३ दलमात्र भएको जस्तो गरिएको बताए ।
SHARE YOUR THOUGHTS