![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौं । लक्ष्मी क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ निष्कासन गर्ने भएको छ ।
कम्पनीले साउन ५ गतेदेखि बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमा १ करोड २० लाख इकाई वा कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिने छ । न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।
यसमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
SHARE YOUR THOUGHTS