![](https://internal.appharu.com/wp-content/uploads/2023/07/balen-birodh2-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।
‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/balen-birodh1-768x403.png)
‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/balen-birodh-768x403.png)
उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताए । उनले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर शाहमाथि लगाए ।
मेयर तथा महानगरबिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको उनले बताए । उनले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताए । महानगरले अमानविय रुपमा साना व्यापारीहरुलाई व्यवहार गरेको उनले बताए ।
गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयरलाई उनले नै गाएको गीतले नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताए।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/balen-birodh4-768x403.png)
प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको आरोप लगाए ।
मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताए ।
बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको बताए । उनले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको आरोप लगाए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/balen-birodh3-768x403.png)
SHARE YOUR THOUGHTS