मेगा ड्रिम र उपलब्धि बहुद्देश्यीय सहकारीले तिरेनन् सहकारी बैंकको ऋण, कर्जा भुक्तानी गर्न ३५ दिने सूचना « Eglish Khabarhub

मेगा ड्रिम र उपलब्धि बहुद्देश्यीय सहकारीले तिरेनन् सहकारी बैंकको ऋण, कर्जा भुक्तानी गर्न ३५ दिने सूचना



काठमाडौं । सहकारी बैंकबाट लिएको कर्जा समयमा नै नतिर्ने ऋणीलाई धमाधम सूचना निकालेर कर्जा तिर्न ताकेता गरेको छ । बुधबार पनि बैंकले २ वटा सहकारीलाई ३५ दिनभित्र कर्जा तिर्न भन्दै सूचना निकालेको छ ।

बैंकले काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेका मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्था र बैंकले काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा रहेको उपलब्धि बहुद्देश्यीय सहकारी संस्थालाई कर्जा तिर्न ३५ दिने सूचना निकालेको छ ।

बैंकका अनुसार उपलब्धि बहुद्देश्यीय सहकारी संस्थाको गोंगबु शाखाबाट उपभोग गरेको कर्जाको साँवा, ब्याज र हर्जना रकम तिर्न बुझाउनुपर्नेमा हालसम्म नतिरी नबुझाई कर्जा सम्बन्धि शर्त तथा बन्देजहरु उल्लंघन गरेकोले ३५ दिन भित्र बुझाउन भनेको छ ।

कर्जा तिर्न बुझाउन बारम्वार तरताकेता गर्दा समेत संस्थाले तिर्न बुझाउनुपर्ने कर्जाको साँवा, व्याज, दैदस्तुर रकमसमेत चुक्ता भुक्तानी नगरी आलटाल गरी बाँकी राखी कर्जा चुक्ता गर्ने तर्फ तत्परता नदेखाएको हुनाले कर्जा चुक्ता गर्न ३५ दिने सूचना प्रकाशित गरिएको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई बुझाउनु पर्ने कर्जाको साँवा, ब्याज, तथा हर्जना समेत बुझाउन भनेको छ ।
सो म्याद भित्र बक्यौता भएको सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरेमा ऋण लिंदा बैंकमा राखेको धितो लिलाम बिक्री बैंकको सम्पूर्ण लेना रकम असुल उपर गर्ने जनाएको छ ।

कथं कथाचित धितोबाट असुल उपर हुन नसके वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीको वा निजहरुको एकाघर सगोल परिवारको नाममा रहेको चलअचल सम्पत्ति तथा अन्य जायजेथा सम्पत्तिबाट बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानुनबमोजिम असुल उपर गर्ने जनाएको छ ।

उपलब्धि बहुद्देश्यीय सहकारी संस्थाको सञ्चालक तथा जमानीकर्तामा पूर्वअध्यक्ष तथा जमानीकर्ता देवराज शर्मा रहेका छन् । उनी चन्द्रगढी-६, झापाका हुन् । यस्तै पूर्वसञ्चालक विजया पोखरेल, पूर्वउपाध्यक्ष कविता कोइराला, पूर्वसञ्चालक कृष्णप्रसाद आचार्य, पूर्वसञ्चालक ज्योति खरेल, पूर्वकोषाध्यक्ष योगराज पौडेल, अध्यक्ष अनारमनि-२ झापाका विपिन शर्मा मिश्र, उपाध्यक्ष रोशन थापा, सचिव अनिल खनाल, कोषध्यक्ष कृष्णप्रसाद भट्टराई रहेका छन् । यस्तै जमानीमा रहेका सञ्चालक नवराज पोखरेल, सञ्चालक सानु राजा शिल्पकार, सञ्चालक विनु सुवेदी, सञ्चालक गीता सिलवाल र सञ्चालक शुशीला दाहाल छन् । यस्तै कार्यकारी प्रमुख तथा जमानीकर्ता प्रतिभा निरौला रहेका छन् । उनी फूलवारी-२ तोप्लेजुङकी हुन् ।

बैंकले मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्थालाई पनि कर्जा तिर्न ३५ दिने सूचना निकालेको छ । बैंकका अनुसार गोंगबु शाखाबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जना रकम तिर्न बुझाउनु पर्नेमा हालसम्म नतिरी नबुझाई कर्जासम्बन्धी सर्त तथा बन्देजहरु उल्लंघन गरेकोले ३५ दिनभित्र बुझाउन भनेको छ । सो म्यादभित्र बक्यौता भएको सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरेमा ऋण लिँदा बैंकमा राखेको धितो लिलाम बिक्री बैंकको सम्पूर्ण लेना रकम असुल उपर गर्ने जनाएको छ ।

धितोबाट असुल उपर हुन नसके वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीको वा निजहरुको एकाघर संगोल परिवारको नाममा रहेको चलअचल सम्पत्ति तथा अन्य जायजेथा सम्पत्तीबाट बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानुनबमोजिम असुल उपर गर्ने जनाएको छ ।

सहकारीको सञ्चालक तथा जमानीकर्तामा अध्यक्ष महाशंकर रेग्मी रहेका छन् । उनी ब्यासी-१ बझाङका हुन् । यस्तै सञ्चालक शेखर बस्नेत, उपाध्यक्ष बासुदेव भट्ट, सञ्चालक रामकुमार श्रेष्ठ, सचिव इन्द्रप्रसाद गेलाल, सञ्चालक शरदकुमार अधिकारी, कोषध्यक्ष रविनकुमार कार्की, व्यवस्थापक प्रदिप जोशी, पूर्वअध्यक्ष उमाकान्त न्यौपाने र पूर्वसञ्चालक रुपा राना रहेका छन् ।

Publish on: