झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Eglish Khabarhub

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा झापास्थित झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सब इन्जिनियर विज्ञान चम्लागाईलगायत ११ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारकाअनुसार गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किमि बाटो बनाउनका लागि गाउँपालिकाबाट र स्थानीय जनतासँग गरि बजेट बिनियोज भएको तर उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदनका आधारमा अनुसन्धन गर्दा भ्रष्टाचार देखिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

गाउँपलिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बनदियनतले गलत सिफारिस गरेको मुद्दामा उल्लेख गरेको छ । त्यस्तै, गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुत्नी देवी बुढाथोकी अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजनो सम्पन्न भइसकेको भनि निर्णय गरि रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको भन्दै कैद र जरिवानाको मागदाबी गरिएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासनिकय अधिकृत दंगाल, इन्जिनियर दास र सबइन्जिनियर चम्लागाईविरुद्ध २२ लाख ९ हजार ८२३.४० रुपैयाँ बढी भुक्तानी दिएको आरोप उल्लेख गरिएको छ ।

त्यस्तै, लक्ष्मी मार्ग बाटो उपलभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुब्बा राई भनिने शन्तमाया सुबा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरि, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरु नगरि कार्य सम्पन्न भएको भन्दै झुट्टा बिल भरपाइ पेश गरि सरकारलाई गैरकानुनी हानि पुर्याएको उल्लेख गरिएको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ ।

Publish on: