![](https://internal.appharu.com/wp-content/uploads/2022/11/nepal-dhitopatra-board-sebon-768x432.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ थप ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।
साउन ४ गते बसेको धितोपत्र बोर्डको बोर्ड बैठकले थप ११ वटा ब्रोकरलाई लाईसेन्स दिएको हो । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये थप ११ वटालाई लाईसेन्स दिएको हो ।
लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटी, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिज, एमएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकक्स्कार्टस सेक्यु्रिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।
नयाँ लाईसेन्स पाएका थप ११ सँगै ब्रोकरको संख्या ७९ पुगेको छ । बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा ७ वटाले साउन १ देखि सेयर कारोबार सुरु गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/new-brokar11-588x768.jpg)
SHARE YOUR THOUGHTS