![](https://internal.appharu.com/wp-content/uploads/2023/07/samakhusi-river-768x346.jpg)
काठमाडौं । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।
खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।
SHARE YOUR THOUGHTS