![](https://internal.appharu.com/wp-content/uploads/2023/07/sunil-768x619.jpg)
कठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद शर्माले सुन प्रकरण छानबिनका लागि सहजिकरण गर्नका लागि गृहमन्त्री अर्थमन्त्री प्रकाशशरण महत र नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
‘दुवै जना मन्त्रीले हामी भरिया मात्रै समाउने होइन, सुनको मुख्य दोषीलाई नै पक्राउ गर्छौ भन्नु पर्ने थियो’ उनले भने ‘उहाँहरुले समय लिने हो भने, ३ दिन, ५ दिन, ७ दिन कति दिन समय चाहिने हो त्यो अवधिमा नाइके समाउछु भन्नु पर्यो । हैन भने यो प्रकरणमा अनुसन्धान गर्न सघाउन राजीनामा दिनु पर्छ ।’
यो विषयलाई सामान्य ढंगले हेर्ने, भरियालाई मात्रै जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने हो भने आफु म संसदमै अनसन बस्ने बताए ।
SHARE YOUR THOUGHTS