![](https://internal.appharu.com/wp-content/uploads/2023/05/Prachanda-and-KP-Oli-768x403.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा दुई नेताबीच छलफल भइरहेको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो पनि छलफल भएको थियो । प्रधानमन्त्रीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । उक्त बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ ।
संविधानअनुसार प्रधानन्यायाधीशको पदावधि सकिन एक महिना बाँकी हुँदै नयाँ सिफारिस गर्नुपर्ने छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० मा सकिँन लागेसँगै दलहरुले छलफललाई तिब्रता दिएका हुन् ।
SHARE YOUR THOUGHTS