महानगर र राप्रपाबीच सहमति, २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने « Eglish Khabarhub

महानगर र राप्रपाबीच सहमति, २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने


१६ श्रावण २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २१ दिनभित्र धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गर्ने भएको छ ।

राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित कार्यालय रहेको घर खाली गर्ने सहमति भएको हो । यसअघि महानगरले गत शुक्रबार कार्यालय खाली गर्न ३ दिनको समय दिएको थियो ।

कार्यालय खाली नगरेपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने तयारी गरेको थियो । तर राप्रपाका कार्यकर्ताहरुले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्स्याएर बिरोध गरेका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा राप्रपाका नेता र महानगरबीच छलफल भएको थियो । त्यसक्रममा २१ दिनभित्र घर खाली गर्ने सहमति भएको हो ।

बिजुलीको हाइटेन्सन लाइनमुनि घर बनाइएको र नक्सापास नरहेको भन्दै महानगरले घर भत्काउने तयारी गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  १० : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping