२९ मंसिर २०८२, आइतबार

सेयर बजारमा गिरावट कायमै, १९६ कम्पनीको सेयर मूल्य घट्यो


काठमाडौं । सेयर बजारमा आउने गिरावट कायमै छ । कारोबारको सुरु देखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.५९ अंकले घटेर परिसूचक २०७७.५८ बिन्दुमा रोकिएको छ ।

२६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ । पछिल्लो समय कारोबार रकम पनि घट्न थालेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ताको मनोबल पनि बजारमा कमजोर हुँने आंकलन गरिन्छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल १२३, जलविद्युत २९.९६, जीवन बिमा २२२.५३, उत्पादन तथा प्रशोधन ७६.७७, माइक्रोफाइनान्स ५४.०९, निर्जीबन बीमा २७४.६४, अन्य समूहको उपसूचक ४४.८३ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ८ करोड ७४ करोड ३ हजार ८८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र सोल्टी होटल रहेको छ ।