‘प्रधानमन्त्री कार्यालयलाई जगेडा कर्मचारी थन्क्याउने थलो होइन, सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ’ « Eglish Khabarhub

‘प्रधानमन्त्री कार्यालयलाई जगेडा कर्मचारी थन्क्याउने थलो होइन, सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ’


१९ श्रावण २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान आयोजित मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिंगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्क्याउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’

प्रधानमन्त्रीले ‘हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मुल कारण पत्ता नलगाई तदर्थवादी ढंगले लक्ष्य हासिल गर्न नसकिने’ पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ४ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping