![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Akhtiyar-anusandhan-ayog.jpg)
काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मतसम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका ढकालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको विशेष टोलीले उनलाई असार २२ गते पक्राउ गरेको थियो ।
वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस माग गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अधिकृत ढकाललाई बिगो २ लाख रुपैयाँ गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र दफा ३ को उपदफा (१) को (घ) बमोजिम कैद सजाय मागदाबी गरिएको छ ।
प्रतिक्रिया