![](https://internal.appharu.com/wp-content/uploads/2017/12/gachhadar132.jpg)
काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका हाई प्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालेको छ । प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर अनुसन्धान थालेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता सञ्जयसिंह थापाका अनुसार पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साह र चन्द्रदेव जोशीविरुद्ध आइतबार पक्राउ पुर्जी लिइएको छ ।
सर्वोच्च अदालतले आइतबार नै मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरुमाथि समेत अनुसन्धान गर्न आदेश दिएर बाटो खुला गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले यस्तो आदेश आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ ।
विसं. २०४९ यताका चार वर्षमा मन्त्रिपरिषदसहितको निकायबाट निर्णय गराएर ललिता निवासको जग्गा हत्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया