सुनसरीमा दादुराविरुद्धको खोप अभियान चलाइँदै « Eglish Khabarhub

सुनसरीमा दादुराविरुद्धको खोप अभियान चलाइँदै


२२ श्रावण २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ । विशेष अभियानअन्तर्गत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।

महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णयबमोजिम सुनसरीमा विशेष खोप अभियान सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।  अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक बोलाएर जानकारी गराएको छ ।

बैठकमा दिइएको जानकारीअनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिकाबाहेकका ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ । बर्जु गाउँपालिकामा भने फागुनमा महामारीका रुपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।

उनका अनुसार सरकारको निर्णयबमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान सञ्चालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  १० : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping