९ मेगावाटको खिम्ती-घ्वाङ खोला हाइड्रोपावर बन्ने « Eglish Khabarhub

९ मेगावाटको खिम्ती-घ्वाङ खोला हाइड्रोपावर बन्ने



काठमाडौं । बागमती प्रदेशको दोलखा र रामेछाप जिल्लामा खिम्ती–घ्वाङ्ग खोला जलविद्युत आयोजना बन्ने भएको छ ।

विद्युत विकास विभागकाअनुसार दुई जिल्लाको जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा रहेको खिम्ती र घ्वाङ्ग खोलामा आधारित रहेर यो जलविद्युत आयोजना बन्ने भएको हो । उक्त आयोजनालाई निलगंगा हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न प्रस्ताव गरेको छ ।

नदी प्रवाहमा आधारित रहने यो आयोजनाको जडित क्षमता ९ मेगावाटको हुनेछ । आयोजनाबाट वार्षिक रुपमा सरदर ५०.०७ गिगावाट घण्टा जलविद्युत उर्जा उत्पादन हुने छ ।

आयोजनाका लागि खिम्ती खोलाको पानी फर्काउन बनाउने बाँधको लम्बार १४ मिटर हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई आयोजनाको विद्युत गृहमा रहने ३३ केभीको स्वीचयार्डमा जडान हुने ट्रान्सफर्मरबाटठ ५.५ किमि लामो र ३३ केभीको सिंगल सर्किट प्रसारण लाइनमार्फत १३२/३३ केभीको नेपाल विद्युत प्राधिकरणको गरजाङ सबस्टेसनमा जडान गरिने छ ।

आयोजनालाई आगामी वर्ष अर्थात २०८१ को चैत महिनाभित्र सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने प्रस्ताव गरिएको छ ।

Publish on: