विभूषण लिलामीमा राखेपछि महावीरलाई गृहमन्त्रालयको पत्र, गैरकानुनी काम नगर्न अनुरोध « Eglish Khabarhub

विभूषण लिलामीमा राखेपछि महावीरलाई गृहमन्त्रालयको पत्र, गैरकानुनी काम नगर्न अनुरोध



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ । गृह मन्त्रालयले पुनलाई विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने भन्दै राखेमा रद्द हुने व्यहोराको पत्र पठाएको हो ।

सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको पत्रमा उल्लेख गरिएको छ । पुनले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

तर मन्त्रालयले सरकारले उपलव्ध गराएको विभूषण लिलामीमा नराख्न सचेत गराएको हो । विभूषण कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्ने पत्रमा उल्लेख गरिएको छ ।

‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाउने महानुभावहरुलाई मुलुकको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदान गरिएको मानपदवी, अलङ्कार तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकीमा राखेमा, विभुषणको मर्यादा विपरित हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा कानुन विपरित हुने र कोही कसैबाट उल्लेखित बमोजिमको गैर कानुनी कार्य गरेको पाईएमा निजले पाएको विभूषण रद्द हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ गृहमन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

Publish on: