पहिरोले यात्रु अलपत्र परेपछि रास्वपाले खटायो र्‍यापिड एक्सन टिम « Eglish Khabarhub

पहिरोले यात्रु अलपत्र परेपछि रास्वपाले खटायो र्‍यापिड एक्सन टिम



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोका कारण अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम (आरएटी) खटाएको छ । पहिरोले गर्दा सवारी रोकिएपछि अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको रास्वपाले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार टिममा करिब ५० युवाहरु खटिएका छन् । प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा खटिएका युवाहरु वर्षाभर सडकमा रहने उनको भनाइ छ ।
उक्त आरएटीले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने छ ।

Publish on: