![](https://internal.appharu.com/wp-content/uploads/2023/08/dojar-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिका डोजर लिएर आज पुन:कपन पुगेको छ । पानी पर्नासाथ उक्त क्षेत्रमा सडकबाट खोला बग्ने गरेपछि महानगरले उक्न क्षेत्रमा खोला उत्खननका लागि बिहीबार डोजर लगेको थियो ।
तर, बुढानीलकण्ठ नगरपालिकाका प्रतिनिधि र महानगर प्रहरीबीच विवाद भएपछि हिजो खोला खोतल्ने काम रोकिएको थियो । रोकिएको काम सुरु गर्न महानगरको डोजर आज पनि उक्त क्षेत्रमा पुगेको छ ।
काठमाडौं महानगरपालिकाले उक्त खहरे खोलालाई अवैध रुपमा ढलमा परिणत गरेको भन्दै उत्खनन गर्नका लागि पुगेको थियो । तर, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईलगायतले दुई पालिकाको सिमानामा पर्ने खोलामा समन्वय बिना नै काठमाडौं महानगरपालिकाले डोजर चलाउन लागेको भन्दै विरोध गरेपछि केही समय विवाद उत्पन्न भएको थियो ।
शुक्रबार भने काठमाडौं महानगरका प्रतिनिधि र बूढानीलकण्ठका प्रतिनिधहरुबीच चाबहिलस्थित नापी कार्यालयमा छलफल भइरहेको छ । यहि बेला महानगर प्रहरी भने डोजर लिएर कपन पुगेको हो ।
SHARE YOUR THOUGHTS