काठमाडौं । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभर विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।
ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो ।
बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैँक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् ।
SHARE YOUR THOUGHTS