मदिराको बोतलमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग नगरे असोज १ बाट कारबाही: विभाग « Eglish Khabarhub

मदिराको बोतलमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग नगरे असोज १ बाट कारबाही: विभाग



काठमाडौं । आन्तरिक राजस्व विभागले अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (थिंक क्याप) प्रयोग सम्बन्धी नियम कार्यान्वयनका लागि सूचना जारी गरेको छ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौं संशोधनले २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल ( कि क्याप) प्रयोग गर्नु पर्ने व्यवस्था सहित नियम २९गमा संशोधन गरेको छ ।

अन्तःशुल्क नियमावली २०५९ को उल्लिखित व्यवस्था अनुसार २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले पैठारी गरेको मदिरा ( बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (चिंक क्याप) प्रयोग गर्न आवश्यक तयारी एवम् उक्त प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

असोज १ गतेदेखि उल्लिखित कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम हुने विभागले जनाएको छ ।

Publish on: