![](https://internal.appharu.com/wp-content/uploads/2022/12/low-visibility-airport-plane.jpg)
काठमाडौं । लगातारको वर्षाका कारण मौसम खराब हुँदा चारवटा विमानस्थलको उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आइतबार बिहानदेखि पोखरा, सुर्खेत र भरतपुर विमानस्थलमा विमान उड्न सकेको छैन ।
यस्तै, आइतबार विहानदेखि मौसम खराब भएपछि तुम्लिङटार विमानस्थलमा हुने बुद्ध एयरको उडान रद्द भएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।
कर्णका अनुसार पोखरा र सुर्खेत विमानस्थल खुला नभएकाले आइतबार दिँउसो १२ बजेसम्म दुईवटा विमानस्थलमा उडान हुन सकेको छैन ।
मौसम खुला नभएसम्म विमान उडान-अवतरण हुन नसक्ने विमानस्थल प्रशासनले जनाएको छ ।
SHARE YOUR THOUGHTS