![](https://internal.appharu.com/wp-content/uploads/2023/08/366744796_309937448261800_1399171980634455803_n-768x512.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् ।
आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने बताए ।
ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर गएको वर्ष नै हेरिएको बताए । संसदीय समिति बहुमतको आधारमा रहने र सत्तापक्षले यो विषय छानबिन गर्न आवश्यक नरहेको बताउने उनको भनाइ छ ।
‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन’ उनले भने ।
वर्तमान गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न नसक्ने उनको भनाइ छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।
SHARE YOUR THOUGHTS