अर्थमन्त्रीले गभर्नर र बैंकका सीइओहरुलाई छलफलका लागि बोलाए

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर र सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूलाई मन्त्रालयमा बोलाएका छन्।

अर्थमन्त्री महतले ब्याजदर, खराब कर्जा, बैंकको लगानी लगायतका विषयमा छलफल गर्ने उदेश्यले आइतबार साढे ५ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका हुन् ।

बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले आगामी दिनमा अर्थतन्त्रमा पर्नसक्ने प्रभाव र भदौ महिनामा ब्याजदर के हुनसक्छ भन्ने विषयमा छलफल गर्न गभर्नरसहित राष्ट्र बैंकका अधिकारीहरु र बैंकका सीइओलाई बोलाइएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।