![](https://internal.appharu.com/wp-content/uploads/2023/08/river-flood-768x432.jpg)
शनिबारयताको लगातारको वर्षाले नारायणी, कर्णाली र बबई नदीमा जलसतहले सतर्कता तह नाघेको छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार कर्णाली नदीले सुर्खेतमा, बबईले नदीले बर्दियामा र नारायणी नदीले देवघाट र नारायणघाट पुलमा सतर्कता तह पार गरेको हो ।
महाशाखाका अनुसार कर्णाली नदीको जलसतह ७.५६ मिटर, बबईमा ७.३४ मिटर, नारायणी नदी देवघाटमा ७.५६ र नारायणघाट पुलमा ११.४ मिटर पुगेको महाशाखाले जनाएको छ ।
कर्णालीको जलसतह बढ्दो क्रममा र बाँकीको घट्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।
बर्दियामा गत २४ घन्टामा धेरै वर्षा भएको छ ।
महाशाखाको रम्भापुर स्टेशनमा चौबिस घन्टामा १६० मिलिमिटर वर्षा भएको हो। धेरै भारी वर्षाका कारण बबई नदीमा आएको बाढीमा तीन जना बेपत्ता भएका छन् भने ८४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
SHARE YOUR THOUGHTS