![](https://internal.appharu.com/wp-content/uploads/2018/09/CIB.jpg)
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लापर्बाहीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका डा. रञ्जिनकुमार यादव थुनामुक्त भएका छन् ।
साउन २६ गते सीआईबीको ‘फोक्सट्रोट चार्ली’ अपरेसनबाट पक्राउ गरेका डाक्टर यादव शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका हुन् । पिपरा गाउँपालिका-८, महोत्तरीका यादव नक्कली शैक्षिक प्रमाण पत्र भएको आरोपमा पक्राउ परेका थिए ।
तर, यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार मेडिकल काउन्सिलले ‘नाम जुधेका कारण अर्को प्रमाणपत्र आएको” भन्ने व्यहोराको पत्र पठाएपछि डा. यादवलाई छाडिएको हो । यस विषयमा विज्ञप्ति जारी गरेर सीआईबीले जानकारी गराउने भएको छ ।
साउन २५ गते नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई सीआईबीले पक्राउ गरेको थियो । भोलिपल्ट जिल्ला अदालत काठमाडौंले शर्मालाई हिरासतमा राख्न अनुमति नदिए पनि अरुलाई भने अनुमति दिएको थियो ।
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरणमा अझै ६ जना सीआईबीको हिरासतमा छन् ।
SHARE YOUR THOUGHTS