![](https://internal.appharu.com/wp-content/uploads/2017/05/ramesh_lekhak-1.jpg)
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने बताएको छ ।
केही नेताहरुले उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚’ उनले भने‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’
SHARE YOUR THOUGHTS