![](https://internal.appharu.com/wp-content/uploads/2023/07/sunil-768x403.png)
काठमाडौं । शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा पक्राउ परि अदालतको आदेशपछि रिहा भएका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिए ।
‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो । उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘सभामुखमार्फत म दोहोर्याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु ।’
उनले यसअघि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।
सोमबारको बैठकमा उनले आफूलाई पक्राउ गर्दा कानुनको धज्जी उडाइएको आरोप लगाए ।
SHARE YOUR THOUGHTS