![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-768x620.png)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदैछ ।
काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा उनी मुद्दा खेपिरहेका छन् ।
लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।
प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ ।
SHARE YOUR THOUGHTS