![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-768x620.png)
काठमाडौं । बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश राजुकुमार खतिवडाको इजलासले बिहीबार पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।
पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाको उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
SHARE YOUR THOUGHTS