![](https://internal.appharu.com/wp-content/uploads/2022/11/nepal-dhitopatra-board-sebon-768x432.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ ।
साउन ३२ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ५ वटा ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार पूर्वाधार तयार गरेका थप ५ कम्पनीलाई लाइसेन्स दिइएको हो ।
नयाँ लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन् । नयाँ ५ सहित ब्रोकर लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ ।
सजिलो, रोडसो र बेसीले सिमित कार्य गर्न बोर्डबाट अनुमति पाएका छन् भने हिमालयन र सनीले पूर्ण कार्य गर्न अनुमति पाएका छन् ।
SHARE YOUR THOUGHTS