![](https://internal.appharu.com/wp-content/uploads/2022/11/ravi-lamichane-768x512.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयान अधुरो र अपूरो रहेको टिप्पणी गरेका छन् ।
सीआईबीले कसैको आदेश सुन्न नहुने लामिछानेको भनाइ छ।
‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ’ सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले लेखेका छन् ।
ललिता निवास प्रकरणमा निर्णयकर्ता पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान नलिइ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालमा फाइल दर्ता गर्ने तयारी गरेपछि लामिछानेको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
SHARE YOUR THOUGHTS