![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावल सुन एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुन एक लाख ९ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबारको चाँदी १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
SHARE YOUR THOUGHTS