![](https://internal.appharu.com/wp-content/uploads/2017/01/bicc-samsad-bhawan.gif)
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ ।
आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो ।
बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
SHARE YOUR THOUGHTS