सानिमा बैंकका ग्राहकले दराजमा अग्रिम भुक्तानी गर्दा छुट पाउने « Eglish Khabarhub

सानिमा बैंकका ग्राहकले दराजमा अग्रिम भुक्तानी गर्दा छुट पाउने



काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज मन्थली पेडे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।

ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भदौदेखि आगामी साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Publish on: