मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीलाई आयातमा पनि छुट दिने तयारी


२०२३ जुन २० तारिखका दिन न्यु योर्कमा टेस्लाका प्रमुख कार्यकारी एलोन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौं । भारत सरकारले भारतमा नै स्थानीय रुपमा विद्युतीय गाडी उत्पादन गरेमा विभिन्न रुपमा कर छुट दिने व्यवस्था गर्न लागेको छ । भारत सरकारले हाल गाडी निर्माता कम्पनीहरुले भारतमा नै विद्युतीय गाडीको निर्माण गरेमा गाडी आयातमा पनि छुट दिने कानुन निर्माण गरिरहेको छ ।

भारतमा आफ्नो उत्पादन कारखाना स्थापना गर्नका लागि हाल विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले लबिङ गरिरहेको छ । टेस्लाको दबाबका बीच भारतमा यस्तो कानुन बनिरहेको रोयटर्सले जाएको छ ।

तयार भइरहेको नीतिले गाडी निर्माताहरुलाई पूर्ण रुपमा बनेका विद्युतीय गाडीहरु पनि भारतमा ल्याउन सहज बनाउने छ । हाल शत प्रतिशतसम्म भन्सार महशुल्क लागिरहेको अवस्थामा त्यसलाई कम गरेर १५ प्रतिशतसम्म ल्याउने किसिमले नीति तयार गरिरहेको रोयटर्सले भारतका एक उच्च अधिकारीलाई उदृत गर्दै लेखेको छ । हाल भने ४० हजार अमेरिकी डलरभन्दा बढि पर्ने विद्युतीय गाडीमा शतप्रशित र त्यस बाहेकका गाडीहरुमा ७० प्रतिशत कर लाग्ने व्यवस्था भारतमा छ ।

भारतकी वित्तमन्त्री निर्माला सितारमणले भने यो विषयमा कुनै पनि किसिमले पुष्टि गरेकी छैनन् । उनले आफ्नो सामुन्ने कुनै प्रस्ताव नभएको बताएकी छिन् ।

तर, यो नीति बनिरहेको भन्दै रोयटर्सले स्रोतलाई उदृत गरेको छ । यस्तो नीति भारतमा अनुमोदन भएमा यसले भारतमा आयात हुने विद्युतीय गाडीको मूल्यमा निकै कमी आउनेछ । सँगै अन्तराष्ट्रिय विद्युतीय गाडी निर्माता कम्पनीहरुले भारतीय बजारमा पनि सहजै प्रवेश पाउनेछन् । हाल भारत विश्वकै तेस्रो ठूलो कारको बजार हो, जहाँ २ प्रतिशतभन्दा कम मात्रै विद्युतीय गाडीहरु सडकमा छन् ।