
काठमाडौं । २४ अर्बको लागतमा बनेको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद, बिक्री दर निर्धारण गरिने भएको छ ।
विद्य’t नियमन आयोगले सूचना जारी गर्दै भदौ २९ गते सार्वजनिक सुनुवाई कार्यक्रममार्फत आयोजनाबाट उत्पादन हुने जलविद्युत आयोजनाको खरिद बिक्री दर निर्धारण गरिने जनाएको छ ।
यो आयोजनालाई स्मार्क हाईड्रोईलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरेको हो । आव २०७७/०७८ मा अनुमति पत्र पाएपश्चात निर्माण भएको आयोजना नदि बहावमा आधारित आयोजना रहेको छ ।
आयोजनाबाट वार्षिक रुपमा सरदर ७११.४३ गिगावाट घण्टा जलविद्युत आयोजा उत्पादन हुन्छ ।
आयोजनाबाट उत्पादन भएको विद्युतको खरिद, बिक्री दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि गरिने सूचनामा उल्लेख छ।
SHARE YOUR THOUGHTS