सन्दीपको मुद्दा हेर्न नभ्याइने, पाकिस्तान जाने « Eglish Khabarhub

सन्दीपको मुद्दा हेर्न नभ्याइने, पाकिस्तान जाने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ ।

बलात्कार आरोपमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दा आइतबार सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो । मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।

आज मुद्दा सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ । सोमबार पाकिस्तान जाने उनको तयारी छ ।

१३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन् । नेपाली टोलीका अन्य सदस्यहरु पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।

नेपालले पहिलो खेल पाकिस्तानसँग मुल्तान क्रिकेट मैदानमा पहिलो खेल खेल्नेछ भने दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ।

Publish on: