२९ मंसिर २०८२, आइतबार

उत्पादनमूलक उद्योगले कारोबारको ५०%सम्म चालु पुँजी कर्जा लिनसक्ने, ४ करोडको सीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगलाई कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी प्रकृतिको कर्जा दिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै कर्जा पाउने सीमालाई बढाएको हो ।

यसअघि २ करोड रुपैयाँसम्म र कारोबारको ४० प्रतिशतसम्म मात्रै चालु पुँजी कर्जा उपयोग गर्न पाउने व्यवस्थथालाई संशोधन गर्दै राष्ट्र बैंकले ४ करोड रुपैयाँ र कारोबारको ५० प्रतिशतसम्म यस्तो कर्जा लिन पाउने व्यस्था मिलाएको हो ।

यसको अर्थ के हो भने अब वार्षिक ८ करोड रुपैयाँसम्म कारोबार गर्ने उत्पादनमूलक उद्योगले कारोबारको ५० प्रशित अर्थात् ४ करोड रुपैयाँ कर्जा पाउने छन् ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ परिमार्जन गरी फर्म, संस्था वा कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले औचित्यपूर्ण देखिएमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि अनुमानित वार्षिका कारोबार या बिक्रीको २० प्रतिशत र विशेष अवस्थामा अधिकतम ४० प्रतिशतको सीमा कायम गरिएको थियो । २० प्रतिशतको सीमा भने अहिले पनि यथावत् छ ।

कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र कर्जा सीमा नवीकरणयोग्य हुने विगतको व्यवस्था यथावत् छ ।