संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनमा इमान्दार प्रयास गर्न आह्वान « Eglish Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनमा इमान्दार प्रयास गर्न आह्वान


१४ भाद्र २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्नका लागि इमान्दार प्रयास गर्न सरकार र राजनीतिक दलहरूलाई एड्भोकेसी फोरम–नेपालले आह्वान गरेको छ ।

जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगस्ट) को अवसरमा फोरमले जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको परिवारको सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई अपील गरेको छ ।

नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका पीडितहरूको सत्यतथ्य सार्वजनिक गर्नका लागि द्वन्द्वपीडितहरूले माग गरिरहेका छन् । २०६३ सालमा गरिएको विस्तृत शान्ति सम्झौताले बेपत्ता पारिएका व्यक्तिको स्थिति ६० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छैन।

२०७१ सालमा विभिन्न विवादका बावजूद बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिएको थियो । तर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अहिलेसम्म एकजना पनि बेपत्ता व्यक्तिको स्थिति सार्वजनिक गर्न सकेको छैन ।

आफ्नो प्रियजनको सत्य जान्न पाउने र उनीहरूलाई न्याय दिलाउने पीडितहरूको माग लामो समयदेखि पूरा हुन सकेको छैन र सरकारले विभिन्न बहानामा बेपत्ता परिवारको संघर्षप्रति उदासीनता देखाउँदै आएको फोरमको भनाइ छ ।

संक्रमणकालीन न्याय आयोगहरूको गठनका लागि बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनका कतिपय प्रावधानहरू समस्याग्रस्त छन् र तिनले पीडितहरूलाई न्यायबाट वञ्चित गराउँछन् ।

त्यसैले सर्वोच्च अदालतको आदेश तथा नेपालको अन्तर्राष्ट्रिय दायित्वअनुकूल हुने गरी पीडित तथा नागरिक समाज संगठनहरूले उक्त ऐनको संशोधन गर्न माग गरेका छन् । यस ऐनलाई संशोधन गर्नका लागि पेश गरिएको विधेयक संसदमा विचाराधीन छ तर यसले पीडितहरूको सरोकारलाई समेट्न सकेको छैन ।

संशोधन विधेयकमा बेपत्ता पार्ने कार्यको परिभाषा पुनः राख्नका लागि पीडितहरूले विभिन्न सन्दर्भमा सरकारसँग आग्रह गर्दै आएका छन् । सरकारी अधिकारीहरूसँग गरिएका विभिन्न परामर्श बैठकहरूमा पीडित तथा सरोकारवालाले दिएको सिफारिश अनुसार उक्त परिभाषा बनाउनुपर्ने उनीहरूको माग छ ।

नेपालको अन्तर्राष्ट्रिय दायित्व तथा जबर्जस्ती बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिहरूको संरक्षण सम्बन्धी महासन्धि अनुकूल हुने गरी जबर्जस्ती बेपत्ताको परिभाषामा संशोधन गर्न सरकारसमक्ष एड्भोकेसी फोरम–नेपालले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  १० : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping