पृथ्वीबाट ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै संरक्षणमा लाग्न सरोकारवालाको जोड « Eglish Khabarhub

पृथ्वीबाट ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै संरक्षणमा लाग्न सरोकारवालाको जोड


१५ भाद्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नवलपुर । मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै यिनीहरुको संरक्षण गर्नुपर्नेमा बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले बताए ।

“नब्बे प्रतिशत गिद्ध हामीबाट लोप भइसकेको भन्ने तथ्याङ्क सार्वजनिक भइरहेको छ”, गिरीले भने, “हामीले गिद्धलाई बचाउनुपर्छ, हामीलाई आवश्यकता छ, गिद्धका कारण प्रकृति स्वच्छ भएको हुन्छ ।” मानवीय दृष्टिकोणबाट गिद्धलाई नराम्रो प्रजातिको रुपमा हेर्ने गरिएको भन्दै गिरीले गिद्धले मानवीय जीवनमा धेरै विषय सहज बनाइदिएको बताए ।

“गिद्ध कुल्चिकार र फोहरमैला सफा गर्ने मात्रै भन्दा पनि प्राकृतिमा हुने दूषित कुरालाई गिद्धले नियन्त्रण गरिरहेको हुन्छ”, उनले भने, “वातावरणबाट गिद्धमात्रै नभएर अन्य जीव पनि मानवीय गतिविधिका कारण विस्तारै लोप हुने अवस्थामा पुगेका छन्, अब हामी सचेत हुनुपर्छ ।”

चार दशक अगाडिसम्म गिद्धलाई सहजै देख्न पाइने गरेको भन्दै गिरीले अहिले गिद्ध सीमित ठाउँमा मात्रै देखा पर्ने बताए । “मानिसले जथाभावी प्रयोग गर्ने विषादीका कारण गिद्धहरु लोप हुँदै गइरहेका छन्”, उनले भने, “डाइक्लोफिन्याक औषधि मानव र घरपालुवा जन्तुलाई प्रयोग गरिने कारण यसको असरले गिद्ध लोप भइरहेका हुन् ।”

गिद्ध प्रजनन केन्द्र तथा गिद्ध संरक्षणका लागि खोलिएका रेष्टुराँका कारण अहिले गिद्ध संरक्षित भइरहेका भन्दै गिरीले गिद्ध सबै ठाउँमा पाउने गरी संरक्षणको काम हुनुपर्ने बताए ।

अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पिठौलीमा जटायु रेष्टुराँ खोलेर गिद्ध संरक्षणको काम भइरहेको छ । जटायु रेष्टुराँ वरिपरी गिद्धको उपस्थिति राम्रो तथा प्रकृतिमा गुँड लगाएर प्रजनन गर्ने गरेको देखिएको संरक्षणकर्मी डीबी चौधरीले बताए । केही समयअघि पिठौलीनजिकै कावासोतीमा सिनो खाएर मरेको स्याल खाएका कारण गिद्ध मरेका थिए ।

समुदायलाई वातावरण स्वच्छ र सफा राख्न प्रेरित गर्दै डाइक्लोफिन्याकजस्ता औषधिको हानिबारे बुझाउन सकेमा गिद्ध संरक्षण गर्न सकिने चौधरीले बताए । गिद्धसँग अन्य पन्क्षी संरक्षण गर्नका लागि हानिकारक विषादीको प्रतिबन्ध लगाउनुपर्ने संरक्षणकर्मी चौधरीको भनाइ छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले संरक्षणकर्मीको पहलमा गिद्ध संरक्षणलाई सप्ताहव्यापी कार्यक्रम गर्दै थालिएको हो ।

आजदेखि सुरु भएको गिद्ध संरक्षण सप्ताहको कार्यक्रम उद्घाटन गर्दै चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख शान्तबहादुर मगरले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त राना मगरले वातावरण संरक्षणको हिसाबले गिद्ध अति आवश्यक पन्क्षी भएकाले संरक्षणमा एकजुट हुनुपर्ने बताए । गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गीसरह नै महत्वपूर्ण पक्षी रहेकाले संरक्षण सरकारी तथा गैरसरकारी संस्था र समुदाय गम्भीर हुनुपर्ने अवस्था आएको मगरले बताए ।

गिद्ध संरक्षण सप्ताहको उद्घाटनको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहासागैको राप्ती ड्याकमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमा संरक्षणकर्मी, नेचर गाइड, नेपाल प्रहरी, नेपाली सेना तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ४ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping