वायुसेवा कम्पनीलाई ५ वर्ष सेयर बेच्न रोक « Eglish Khabarhub

वायुसेवा कम्पनीलाई ५ वर्ष सेयर बेच्न रोक


१५ भाद्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेको छ । प्राधिकरणले शुक्रबार एओसीआर संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार अब वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै पाइलट उडानबाहेकका अन्य व्यावसायिक गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

के के भयो संशोधन ?

१) वायुसेवा संचालन गर्न इच्छुक नयाँ कम्पनीसँग न्यूनतम ३ वटा जहाज हुनुपर्ने ।

२) सबै वायुसेवा कम्पनीले ५ वर्षभित्रमा जहाजको संख्या न्यूनतम् ५ वटा बनाउनुपर्ने, प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुने ।

३) वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, Accountable Manager तथा Post Holder हरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रुपमा व्यक्त गर्न नहुने ।

४) वायुसेवा कम्पनीका Accountable Manager तथा Post Holder हरुले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यवसायिक कार्यहरु (जस्तै टुर्स एन्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने ।

५) वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा Accountable Manager ले प्राधिकरणद्वारा प्रदान गरिएको CPL, ATPL वा AML License प्राप्त गरेको भए सो को अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने ।

६) पाइलट उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने ।

७) No Objection Certificate प्राप्त गरेको न्यूनतम् पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने ।

८) प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरुले Accountable Manager तथा Post Holder हरु नियुक्त गर्न नपाउने ।

९) प्राधिकरणले वायुसेवा कम्पनीहरुको Accountable Manager को नियुक्ति, आवश्यक न्यूनतम् योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरेको ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ६ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping