२९ मंसिर २०८२, आइतबार

डिम्याट खाता नवीकरण नगरी आईपीओ भर्न बन्द, क्लोज आउटमा परिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले साधारण सेयर, हकप्रद सेयरमा आवेदन दिन नपाउने र क्लोज आउटमा पर्ने भएका छन् ।

सिडीएससीले सूचना जारी गर्दै डिम्याट खाता नवीकरण नगरेको खण्डमा आईपीओ, हकप्रद सेयरमा आवेदन दिन नपाउने, क्लोज आउटमा पर्नेतर्फ सचेत गराएको छ ।

सिडीएससीले लामो समयदेखि लगानीकर्तालाई भदौ १५ गतेसम्म अनिवार्य रुपमा डिम्याट खाता नवीकरण गर्न भनेको थियो । उक्त अवधिमा नवीकरण नगरेका लगानीकर्ताले सेयरमा आवेदन नदिन नपाउने भएका छन् । सेयरमा आवेदन दिनका लागि डिम्याट खाता नवीकरण गर्नुपर्ने छ ।

सिडीएससीले लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेकोमा सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर विक्री गर्दा खाता रोक्का भएका कारणले ई-डीआईएस हुन नसकी क्लोज आउट पर्ने तर्फ समेत सचेत गराएको छ ।

सिडीएससीले लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउन आग्रह गरेको छ । मेरो सेयर मार्फत नै हितग्राही खाता नवीकरण गर्न सकिने व्यवस्था गरेको भएतापनि कतिपय लगानीकर्ताले आफ्नो हितग्राही खाताको नवीकरण नगरी मेरो सेयर मात्र नवीकरण गरि प्रयोग गर्ने गरेको पाइएको छ ।