![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप ११ धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई धितोपत्र कारोबार गर्न सदस्यता दिएको छ ।
नेप्सेले बोर्डबाट साउन १० गते अनुमतिपत्र प्राप्त ब्रोकरलाई कारोबार गर्न सदस्यता दिएको हो । कारोबार गर्न सदस्यता पाउनेमा ११ वटै ब्रोकर सिमित कार्य गर्ने रहेका छन् ।
कारोबार गर्न सदस्यता पाउनेमा गरिमा सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, इन्दिरा सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर, क्यापिटल हब, स्टक्स्कार्टस सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज र ब्लु चिप सेक्युरिटिज रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/new-11-brokar-768x534.jpg)
SHARE YOUR THOUGHTS